काठमाण्डौ । दार्चुलामा पनि बाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभातर्फ बाम गठबन्धनका उम्मेद्वारले ३१९९ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेद्वारले २२४० मतले पछ्याइरहेका छन् । 

कालीकोटमा प्रतिनिधिसभा सदस्यमा बामगठबन्धनको तर्फबाट माओवादी उम्मेद्वार दुुर्गबहादुर रावतले ८०३ मतको सुरुवाती अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका भूपेन्द्र शाहीले ५०४ मतले पछ्याइरहेका छन् । जिल्लाको प्रदेशसभा क तर्फ एमालेका कुर्मराज शाही ९३२ मतले अगाडि छन् । उनलाई टेकराज शाहीले २०१ म्तले पछ्याइरहेका छन् । प्रदेशसभा ख तर्फ भने नेपाली कांग्रेसका कालीबहादुर सहकारी ६१३ मतले अगाडि छन् । उनलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले ४५१ मतले पछ्याइरहेका छन् । 

यस्तै, बैतडीमा पनि बाम गठबन्धन नै अगाडि छ । गठबन्धनका दामोदर भण्डारीले १८५९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका नरबहादुर चन्दले १५२६ मत ल्याएर पछ्याइरहेका छन् । 

उता, बाजुरामा भने कांग्रेस उम्मेद्वारले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार कविराज पण्डितले १३९४ मत ल्याएका छन् । उनलाई एमालेका लालबहादुर थापाले १२२७ मतले पछ्याइरहेका छन् ।

बाजुराको क नम्बर प्रदेशमा एमालेका बलदेव रेग्मीले १६५९ मत पाएका छन् भने कांग्रेसका जनकराज गिरीले १११७ मत पाएका छन्। प्रदेश ख मा कांग्रेसका पदम शाहीले ११७१ मत पाएका छन् भने एमाले प्रकाश शाहले १०४३ मत पाएका छन् ।