काठमाण्डौ । दावा टेक्नोलोजीले नेपालभरका ‘डिलर मिट’ सम्पन्न गरेको छ। चिनियाँ ब्रान्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो।

डिलर मिटका क्रममा वर्षभरि दावा टेक्नोलोजीको सामग्री धेरै बेच्ने १२ डिलरलाई सम्मानसहित ५ लाखबराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको छ। कार्यक्रमको प्रमुख अतिथिमा एआईजी किरण बज्राचार्य थिए। यस्तै, दावा टेक्नोलोजीका चिनियाँ डेलिगेट्सहरुसमेत उपस्थिति थिए।

आधिकारिक बिक्रेता एचएमसीका सन्तोषकुमार श्रेष्ठले दावा टेक्नोलोजीका कारण नेपालमा असुरक्षाको जोखिम न्यूनीकरण हुँदै गएको बताए। उनले चिनियाँ कम्पनी दावा टेक्नोलोजिबाट उत्पादित सीसी क्यामेराका कारण समाजमा शान्ति र अमनचयन कायम गर्न सहयोगी भूमिका खेलेको बताए।

यस्तै एआईजी किरण बज्रचार्यले सीसी क्यामेराका कारण समाजमा सुरक्षा र शान्ति कायम गर्न सहज भएको बताए। उनले देशमा भइरहेका प्रमुख अपराधिक घटनामा सीसी टीभी फुटेजका कारण अनुसन्धान गर्न र उनीहरुलाई नियन्त्रणमा लिन सहज भएको समेत बताए।

देशभरका डिलहरु सहभागी ‘डिलर मिट’मा चीनबाट दावा टेक्नोलोजीका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेम्स युले नेपालमा सीसी क्यामेराको बजार बढ्दो अवस्थामा रहेको बताए। उनले भने, ‘चीन र भारतबीचमा रहेको नेपालमा आर्थिक गतिविधि बढ्दै जाँदा सीसी टीभीको माग समेत बढ्दै गइरहेको छ।’

कार्यक्रमको व्यवस्थापन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो।