 
                     
                                
                             
                                    प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दै भारतीय मुद्रा सटहीमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
मोदीसँग सोमबार साँझ भएको पाँच मिनेट लामो टेलिफोन वार्तामा प्रधानमन्त्री दाहालले नेपाली कामदार भारतमा गई त्यसबापत प्राप्त रकम भारतीय रुपैयाँमै नेपाल आउने गरेको, तीर्थव्रत, औषधिउपचार, विवाह लगायतका सामाजिक काममा समेत भारतीय रुपैयाँको प्रयोग र सञ्चिति हुने गरेकाले भारु पाँच सय र एक हजारका नोट नेपालमै सहज सटहीको व्यवस्था गर्न भारतीय समकक्षी मोदीसँग आग्रह गरेको उनको सचिवालयले बताएको छ ।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले भारु सटहीबारे नेपालमा उत्पन्न समस्या तत्काल समाधान गर्ने जानकारी गराउँदै नेपाल र भारतका अर्थमन्त्रीबीच सिधा सम्पर्क गरेर समस्या समाधान गर्ने बताएका थिए ।
टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री दाहालले भारु सटहीसम्बन्धी नेपालमा देखिएको समस्या समाधानमा भारतीय प्रधानमन्त्रीले देखाएको तत्परताका लागि धन्यवाद दिएको दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबारै भारतीय अर्थमन्त्री अरुण जेट्लीलाई फोन गरी सोही प्रकारको आग्रह गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19