काठमाण्डौ । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लुचिप फन्डको दुई दिनमै कुल इकाइको ५०.६ प्रतिशत बिक्री भइसकेको छ।
क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजारजना आवेदकबाट कुल इकाइको ५०.६ प्रतिशत इकाइ बिक्री भइसकेको छ। पिटलले गत चैत १ गतेदेखि प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्रीमा ल्याएको हो। फन्डले १५ प्रतिशत इकाइ कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाइ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
उक्त फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाइ खरिदका लागि आवेदन दिन छिटोमा चैत ४ गते अर्थात अब दुई दिन बाँकी रहेको क्यापिटलले जनाएको छ।
यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपणसमेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago