काठमाण्डौ । संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत  व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गर्दै आएको छ । यसै अन्तर्गत बैंकले  मध्यपुर हस्पिटल, ठिमी र मेमोरियल हस्पिटल, बनेपामा व्यक्तिगत सुरक्षात्मक उपकरणजम्मा १२ थान प्रति हस्पिटलका साथै २५०० मास्क मध्यपुर हस्पिटललाई हस्तान्तरण गरेको छ । 

ती सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मध्यपुर हस्पिटलका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र मेमोरियल हस्पिटलका कार्डियोलोजी डिपार्टमेन्टका प्रमुख तथा डाइरेक्टर डा. शिवजीविक्रम सिलवाललाई हस्तान्तरण गरेका हुन् ।

हालसम्म सन्राइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई उपलब्ध गराइसकेको छ  र अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउदै जाने जनाएको छ ।  अहिलेको परिस्थितिमा डिजिटल बैकिङ्गमार्फत कारोबार गर्न आग्रह गर्दै बैंकले आफ्नो सबै डिजिटल माध्यमहरुबाट सुरक्षित तरिकाले कारोबार गर्न सकिने समेत जनाएको छ ।