काठमाण्डौ । जर्मनस्थित विश्व प्रसिद्ध किल यूनिभर्सिटिबाट स्त्री रोग बिशेषज्ञमा थप डिग्री हासिल गरी केही बर्ष देखि बरिष्ठ स्त्री रोग तथा गाईनो सर्जनको रुपमा ल्याप्रोस्कोपी विधी (प्वाल पारेर दुरबिनबाट अप्रेसन गरिने विधि ) मार्फत आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेकी डा. रंगिना लाईकंग बमले नेपालमा पहिलो पटक ब्लु क्रस हस्पिटलमा डे केएर हिस्टेरेक्टोमीको शल्यक्रिया सफलताको साथ सम्पन्न भएको छ ।
यस डे केएर हिस्टेरेक्टोमी प्रबिधिबाट शल्यक्रिया गर्दा विरामी विहान अस्पतालमा भर्ना भई पाठेघर झिक्ने शल्यकृया दुरबिनको माध्यमबाट गराई मात्र ६ देखि ८ घण्टामा हिडेर नै घर फर्कन सकिने र बिरामीको समय निकै वचत भई आर्थिक रुपमा समेत फाईदा हुने डा. लाईकंग बमले जानकारी गराइन् । विश्वको कयौं देशमा यस प्रविधिबाट पहिला देखि नै शल्यक्रिया भईरहे पनि नेपालको हकमा भने डा. रंगिना लाईकंग बमले नै पहिलो पटक सफल शल्यक्रिया गरेकी हुन् । विदेशमा रहेर अध्ययन गर्दा देखेको अत्याधुनिक प्रबिधिले नेपाली दिदीबहिनीहरुलाई सरल र शुलभ उपचार गर्ने आफ्नो पुरानो सपना अहिले आएर साकार भएको डा. लाईकंग बमले जानकारी दिइन् । यस संगै डा.लाईकंग बम यस अत्याधुनिक प्रबिधिबाट डे केएर हिस्टेरेक्टोमी तथा अन्य डे केएर गाईने सर्जरी गर्ने नेपालकै प्रथम स्त्रीरोग विशेषज्ञ र ब्लुक्रस हस्पिटल पहिलो निजी अस्पतालको रुपमा प्रस्तुत भएको छ ।
करिब ३ दशक देखि ‘सुरक्षित, स्तरिय एवंम सन्तुष्टि’ को मुल मन्त्र बोकी स्वास्थ्य सेवामा राष्ट्रलाई केही हद सम्म योगदान प्रदान गर्न त्रिपुुुरेश्वर–११ म अवस्थित ब्लुक्रस हस्पिटलले नेपालमा निजी क्षेत्रबाट सिटिएमआरआई तथा डाईलेसिस सेवा सुचारु गरी विभिन्न विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकबाट उत्कृष्ठ सेवा प्रदान गर्दै आईरहेको छ । साथै आज भोलिको अत्यन्त व्यस्त समयको मागलाई आत्मसाथ गरी यस हस्पिटलले नवीनतम प्रविधिमार्फत आवश्यक बिरामीहरुलाई सरल तथा सुविधाजनक स्वास्थ्य लाभको अवसर समेत प्रदान गर्दै आईरहेको छ । यसैलाई आत्मसाथ गर्दै अत्याधुनिक प्रबिधिलाई विस्तार गरीे उपचारमा लाग्ने समयलाई न्यूनीकरण गर्न अस्पतालले नेपालमै पहिलो पटक डे केएर हिस्टेरेक्टोमी प्रबिधि भित्र्याएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago