काठमाण्डौ । देउवा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुुर बस्नेतको अवस्था सुरुवातदेखि नै नाजुक छ । उनलाई माओवादी केन्द्रका अग्नी सापकोटाले फराकिलो मत अन्तरले पछाडि पारिरहेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार अग्नी सापकोटाले १० हजार ४ सय ३३ मत पाएर अगाडि बढिरहेका छन् भने उनलाई मोहन बस्नेतले ६१६० मतले पछ्याइरहेका छन् ।

देउवा सरकारका एक अर्का मन्त्री रोमी गौचन थकालीले हार व्यहोरिसकेका छन् । उनी वाणिज्यमन्त्री हुन् ।