काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस नेपाल’ सँग भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ।

उक्त साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले  ‘द भ्वाइस अफ  नेपाल सिजन ५’ का सहभागीलाई  ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन्  ।

‘द भ्वाइस’ अन्तरराष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो  । यो नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। 

द भ्वाइसले यसअघि चार वटा श्रृंखलामाहरुमा ‘द भ्वाइस नेपाल’ साथै बालबालिकाहरूलाई केन्द्रित गरी आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि सञ्चालन गरिसकेको छ।

यस पटक युवाहरूलाई लक्षित गरी ‘द भ्वाइस अफ  नेपाल’ को पाँचौं श्रृंखला हुन लागेको छ ।

रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रममा कोच र निर्णायकको रूपमा गायक उदय सोताङ, प्रमोद खरेल, राजेश पायल राई र गायिका मिलन नेवार छन्।

ब्लाइन्ड अडिसन राउन्डबाट सुरु भएको यस कार्यक्रमको  ब्याटल राउन्ड र  नक आउट राउण्ड पनि समापन भएको छ। ब्याटल राउन्डको अन्त्यसँगै अब लाइभ राउण्ड सुरु भएको छ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्टलाई खल्ती एप प्रयोग गरी भोट गर्न सक्नेछन्।