काठमाण्डौ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ। 

यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्। यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. १ लाख जित्ने अवसर पाउनेछन्। 

यसै क्रममा पार्खबास नपा–२ धनकुटा फलाँटेका सन्तबहादुर रानामगरले रु. १ लाख जितेका छन्। भारद्वाज इन्टरप्राइजेज डिलरअन्तर्गत रहेको योगेश इलेक्ट्रोनिक्स पार्खबासका डिलरदाइकोमा १ वर्ष रिचार्ज गरेर सन्तबहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए। 

डिशहोमका तर्फबाट सेल्स अफिसर मनोज रिजालले पुरस्कार रकम हस्तान्तरण गरेका छन्। सम्पूर्ण डिशहोम डीटीएचका ग्राहकले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ। 

लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिनेछ।