काठमाण्डौ । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा नगरपालिका–५ स्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुआत गरेको छ। यो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ।
उक्त विस्तारित काउन्टर उद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमुख विवेककुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीलगायत अन्य कर्मचारी तथा केही स्थानीय उद्योगीव्यवसायीको उपस्थितिमा धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले गरेका थिए।
हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा विस्तारित काउन्टर र १५८ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19