cpn uml party office
काठमाण्डौ । 'हिरोको खेल पछि मात्र हुन्छ' भनेजस्तो सुरुवातमा झापाका सबै स्थानीय तहमा पछाडि परेको एमालेले एकाएक आफ्नो जादू देखाउँदै सबै नगरपालिकामा अग्रता लिएको छ ।
प्रदेश नम्बर १ को पहाडी जिल्ला धनकुटामा क्लीन स्वीप गरेको एमालेले झापाको नगरपालिकाको प्रमुख पदमा समेत एकलौटी जित हात पार्ने संभावना बढेको छ ।
एमालेले झापाका ८ वटै नगरपालिकामा अग्रता लिएको हो । झापाका एमाले पकड क्षेत्र मानिएका भद्रपुर, मेची, दमक, कन्काई, गौरादह, बिर्तामोड, अर्जुनधारा, शिव सताक्षी नगरपालिकामा एमालेले शानदार बाउन्स ब्याक गरेको छ ।
कुन नगरपालिकामा कसको कति मत आयो ? हेरौं :
बिर्तामोड नगरपालिका
मेयर/उपमेयर
एमाले २५१४/२८८३
कांग्रेस २१८१/२६०५
राप्रपा १६५०/९९३
शिवसताक्षी नगरपालिका
मेयर/उपमेयर
एमाले २७४५/२६१७
कांग्रेस १७०९/१७६०
माओवादी ८१९/८७०
कनकाई नगरपालिका
मेयर/उपमेयर
कांग्रेसः २९५६/३०२२
एमालेः ३८३६/१६४६
माओवादी केन्द्रः २७२/३८०
भद्रपुर नगरपालिका
मेयर/उपमेयर
एमालेः २८४२/२९६६
नेपाली कंग्रेसः १९३६/१७९७
माओवादी केन्द्रः १८११/१४३७
गौरादह नगरपालिका
मेयर/उपमेयर
कांग्रेस ३४८७/२८६१
एमाले ३६१०/४०३६
माओवादी १३४९/१३०२
मेची नगरपालिका
मेयर
एमाले ३९९५
कांग्रेस २८८४
दमक नगरपालिका
मेयर
एमाले : ७३८
राप्रपा : ७२३
कांग्रेस : ३८५
माओवादी : ४३५
अर्जुनधारा नगरपालिका
मेयर/उपमेयर
एमाले २९५५/२८१३
कांग्रेस १९०२/२०४९
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago