काठमाण्डौ । टीभीएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। 

राइड शनिबार पुस २ गते धनगढी शोरुमबाट सुरु भएर सालिनी वाटिका एन्ड इको रिसोर्ट—गोदाबरीमा पुगेर सम्पन्न भएको थियो। राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। 

यसका साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो।

करिब ५० जना राइडर सहभागी भएका राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। यसका साथै राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो।