काठमाण्डौ । धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सहवितरकको शाोरुम खुलेको छ।

डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न उक्त शोरुम सञ्चालन गरिएको हो। शोरुमको सञ्चालन श्रीकृष्ण इन्टरप्राइजेजले गर्नेछ। 

शोरुम उद्घाटन डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको श्रीकृष्ण इन्टरप्राइजेजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ।

१०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको श्रीकृष्ण इन्टेरप्राइजेजले अब अझ बढी ग्राहकमाझ पुग्नका लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने श्रीकृष्ण इन्टेरप्राइजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए।