काठमाण्डौ । पछिल्ला दिनमा विभिन्न बजार तथा पेसाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरुको सक्रियताका कारण डिजिटल अभियान शाकार हुँदै गएको हो। पछिल्लो समयमा सिभिल बैंकले विभिन्न सहर तथा व्यवसायलाई डिजिटल रुपमा विकास गर्दै गइरहेको छ।
बैंकले फोनपेसँगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरुलाई डिजिटलाईज गरेको छ। अबदेखि ती टेम्पोहरुमा यात्रा गर्दा सहजै फोनपे क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ।
यो अभियान पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यमा भएको थियो। यो अभियान एक वर्षअगाडि नै गभर्नर अधिकारीको नेतृत्वमा सुरु भएको थियो।
यस्तै सिभिल बैंकको सक्रियतामै गत महिनामा सुदूरपश्चिम प्रदेशका धनगढीलगायतका विभिन्न चार स्थानमा चल्ने रिक्साहरुलाई डिजिटलाइज गरिएको थियो। ती स्थानमा समेत अबदेखि नगद बोक्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ।
यसैगरी महेन्द्रनगर र नेपालगन्ज क्षेत्रमा चल्ने अटोरिक्सालाई पनि डिजिटलाइज गरिएको छ।
यस्तै सिभिल बैंकले प्रदेश नं २ को जनकपुरमा रहेका रिक्सा, चिया पसल र विभिन्न फलफूलहरुलाई डिजिटलाइज गरिसकेको छ। अबदेखि जनकपुर बजारमा समेत नगद बोक्ने झञ्झटबाट मुक्ति मिलेको छ। फोनपे, विभिन्न बैंक तथा वित्तीय संस्थाको सक्रियतामा नेपाल सरकार र राष्ट्र बैंकको डिजिटल नेपाल बनाउने अभियान साकार हुँदै गएको छ। जसको नेतृत्व भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिभिटेडले गरिरहेको छ।
विभिन्न सहर तथा व्यवशायलाई डिडिटलाइज गर्ने अभियानको उद्घाटन गर्दै गभर्नर अधिकारीले फोनपे र सिभिल बैंकको सक्रियताको प्रशंसा गरे।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो। फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्। १ करोड ७० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।
हाल फोनपेमा करिब ११ मर्चेन्ट रहेका छन्। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भीथ्रीटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago