काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियनले १४ वर्षपछि नयाँ अध्यक्ष पाएको छ ।
शुक्रबार युनियनका पाँचौ अधिवेशनले १४ वर्षदेखिका अध्यक्ष राजबहादुर जिसीको ठाउँमा तोलाकान्त न्यौपानेलाई निर्वाचित गरेको हो ।
जिसीले विगत १४ वर्षदेखि बोर्डस्थित कर्मचारी युनियनको नेतृत्व गर्दै आएका थिए । उनकै इच्छामा नेतृत्व हस्तान्तरण भएको हो ।
न्यौपाने नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।
नेतृत्व चयनअघि युनियनले अधिवेशनको उद्घाटन सत्र आयोजना गरेको थियो । उद्घाटनको प्रमुख अतिथिको रुपमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना रहेका थिए । उनले सो क्रममा मन्तव्य राख्दै व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी, बोर्डका कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौड्याल र निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago