काठमाण्डौ । दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ।
नेपाल पोस्टग्रे एसक्युएल युजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गरेको हो। वैशाख २६ गतेदेखि वैशाखा २९ गतेसम्म काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालयमा कन्फेरेन्स सञ्चालन भएको थियो।
सन् २०१८ को एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो कन्फेरेन्स आयोजना गरेको जानकारी दिएको छ। कन्फेरेन्समा पोस्टग्रे एसक्युएल युजर ग्रुप कम्युनिटीका लोकप्रिय व्यक्ति र अरु स्थानीय वक्ताहरुसँग छलफल गरिएको थियो।
चार दिनसम्म चलेको कन्फेरेन्स नेपालमा फरक–फरक क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए। खासगरी औद्योगिक, सरकारी, एकेडेमिक आदि क्षेत्रका व्यक्तिहरु कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ।
कन्फेरेन्सभन्दा अघि पनि दुई दिनको प्रि–कन्फेरेन्स ट्रेनिङ सेसन आयोजना गरिएको थियो। जसमा शिक्षा, उद्योग, सरकारी र गैरसरकारी क्षेत्रबाट करिब ३५ जनाले प्रशिक्षण लिएका थिए।
यस वर्ष रुस, अमेरिका, भारत र पाकिस्तानलगायत ८ देशका अन्तर्राष्ट्रिय वक्ताहरु उपस्थित भएका थिए।
कार्यक्रममा वक्ताका रुपमा एगोर रोगोब, जसनप्रीत सिंह, क्रिस ट्राभर्स, उमेयर साहिद, कृष्ण लोदा रहेका थिए। त्यस्तै पभेल टोल्माचेभ, ओलेग बार्टुनभ, एलेक्जेन्डर बार्टुसेभ, रोहितमान अमात्य र सन्दीप बस्नेतसमेत कार्यक्रममा वक्ताका रुपमा रहेका थिए। कन्फेरेन्सका संयोजक बालकृष्ण बलले भनेका छन्, ‘हामी अब नेपाली समुदायको लागि पोस्कट्रे एसक्युएलमा काम गर्न सक्छौँ। त्यतिमात्र होइन नियमित रुपमा नेपाली समाजको लागि सँगैसँगै हातेमालो गरेर अगाडि बढ्न सक्छौँ।’
प्रमुख कन्फेरेन्स गत वैशाख २८ र २९ गतेमा आयोजना गरिएको थियो र यसमा अन्तर्राष्ट्रिय वक्ताका रुपमा पोस्टग्रे एसक्युएल कम्युनिटीका व्यक्तिहरुको उपस्थित थियो।
कार्यक्रममा की नोट सेसन, प्यारेलल टक सेसन र वर्कसपहरु आयोजना गरिएका थिए। बालले यस कार्यक्रममा विविध क्षेत्रबाट सहभागिता हुने र यसले एक शक्तिशाली पोस्टग्रे एसक्युएल यूजर ग्रुप नेपाल बनाउन मद्दत गर्ने अपेक्षा गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago