काठमाण्डौ । नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट ‘Rebuild, Persevere and Thrive’ नारामा सम्पन्न गरेको छ। 

धुलिखेलमा सम्पन्न दुईदिने कार्यक्रममा नेपालभरि रहेका ५० भन्दा धेरै डिलर र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो। देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरले सामना गरेको समस्याको गम्भीर रुपमा समीक्षा भएको र आगामी दिनमा कसरी व्यवसायलाई मजबुत बनाई अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनुका साथ बृहत रोड म्याप तयार गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘आफ्नोभन्दा पनि समग्रमा परेको वाह्य असरका कारणले गत वर्ष देशका अन्य उद्योगहरुजस्ता हामीले पनि विभिन्न समस्याहरु सामना गर्नु परेको थियो। परिस्थितिमा अझै केही समयसम्म सुधार हुने छाटकाट भने देखिएको छैन। त्यसैले आगामी दिनमा उत्पन्न हुनसक्ने पारिस्थितिहरुलाई विभिन्न समय सान्दर्भिक रणनीति बनाई आफÞनो व्यवसायलाई मजÞबुत बनाउँदै अगाड़ी बढ्न जरुरी छ। यसका लागि हामी सबैको ऐक्बद्धता अपरिहार्य छ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो। यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।