काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशी नियुक्त्त भएका छन् । 

संस्थाको सञ्चालक समितिले २०७६-०८-२५ बाट लागू हुने गरी जोशीलाई सो पदमा नियुक्त्त गरेको बताइएको छ । 

२०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले, २०६६ मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग र २०६७ देखि २०७५ साउन २ गते सम्म तत्कालीन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका थिए । २०७५ श्रावण देखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका जोशी लघुवित्त क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन् । 

छत्तीस वटा शाखामार्फत लघुवित्त सेवा प्रदान गरिरहेको  धौलागिरी लघुवित्त वित्तीय संस्थाको हालसम्म ७० करोड लगानी र ४७ करोड बचत रहेको जनाएको छ ।