काठमाण्डौ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिलविजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले तीनजनाविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेशनका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी रु १४ करोड ८७ लाखबराबरको राजश्व चुहावट गरेको पाइएको छ । विभागले मास्केविरुद्ध बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैदको मागदाबी गरेको छ । वस्तु तथा सेवा नै खरिद नगरी नक्कली भ्याट बिल बनाइ भ्याट र आयकरसमेत छली गरेको पाइएको छ । विभागका अनुसार मास्केले रु चार करोड ३२ लाख ६९ हजार २८३ बराबरको भ्याट तथा रु १० करोड ५४ लाख ३९ हजार ५९५ बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।
यस्तै विभागले हैटौँडा उपमहानगरपालिका–२ मा रहेको अनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपानेसमेत दुई जनाले रु आठ करोड ६२ लाखबराबरको नक्कली भ्याट बिल बनाइ राजश्व चुहावट गरेको पइएको अभियोगमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार उक्त कन्स्ट्रक्सनका सञ्चालक न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले रु दुई करोड ५० लाख १४ हजार १९८ बराबर भ्याट बिल र रु छ करोड १२ लाख चार हजार ६०२ बराबरको आयकर चहुावट गरेको पाइएको छ । उनीहरुले रु आठ करोड ६२ लाख १८ हजार ८०० बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । विभागले बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग गर्दै आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले पछिल्ला दिनमा नक्कली भ्याट बिल बनाउने र आयकर छली गर्नेविरुद्ध आक्रामकरुपमा कारवाही शुरु गरेको छ । विभागका महानिर्देशक मैनालीका अनुसार नक्कली भ्याट बिल बनाउने र आयकर छल्नेमाथि विभागले मिहिनरुपमा अध्ययन गर्दै धमाधम मुद्दा दायर गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago