काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाण्डौको नक्साल नारायणचौरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

सो शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो । 

शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

सो अवसरमा प्रमुखकार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भने, “हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित छौं। नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिनेछ । ग्राहकहरूका लागि सेवा सुविधा बढाउन बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ ।” 

बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ।