काठमाण्डौ । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ। 

बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो। नबिल दिगो बैंकिङका माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरुलाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरुमा उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो। 

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरुसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघुउद्यम सिर्जना गर्नका लागि सुविधाहरु प्रदान गर्ने सोच नबिलले लिएको छ। ‘समग्र बैंकिङ क्षेत्रले लाखौँको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरु ल्याउन सक्षम भएको छ। वर्षौंको दौडान हामी साथसाथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ। हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरुको बारेमा सचेत रहन आवश्यक छ’, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले भने,  ‘तसर्थ नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ। हामी नाफा अधिकतमतामा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौँ, जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्दछ। यसका साथ हामी लगानी गर्ने कम्पनीहरुमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौँ।’

नबिल दिगो बैंकिङ, बैंकिङ क्षेत्रमा एउटा नयाँ अनुशासन हो र यसले बोट–बिरुवा र मानिसहरुमा पारेको प्रभावले गर्दा यसको महत्व दिनहँु बढ्दैछ। नबिल बैंक, नेपालकै एक अग्रणी बैंकले सुदृढ नेपालका लागि दिगोपन÷स्थायित्वको अवधारणलाई आफ्नो रणनीतिगत दिशामा अपनाएको छ।

ग्रामीण नेपाल र वित्तीय पहँुच न्यून भएका वर्गहरुका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ। यी उत्पादनहरु देशव्यापी रुपमा सबै शाखाहरुमा ल्याइए पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखामा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहनेछ।

आफ्ना दिगो प्राथमिकतातर्फ कार्य गर्दै बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सीटीईभीटी) का साथ समझौतापत्रमा पनि हस्ताक्षर गरेको छ। बैंकले यस समझौतामार्फत देशभरिका सीटीईभीटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरुलाई आफ्नो दिगो तथा अन्य लघूवित्त÷वञ्चित क्षेत्रका उत्पादनहरु प्रदान गर्नुपर्नेछ। समझौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सीटीईभीटीका सदस्य सचिव जीव नारायण काप्mलेले हस्ताक्षर गरेका छन्।

बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालय, १८५ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सन्जालमार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ। एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवका साथ बैंक ग्राहकलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणका लागि लक्षित छ।