काठमाण्डौ । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेसनल (भिसा इन्टरनेसनल)सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ। यस सेवामार्फत विदेशमा रहेका जोकोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकलाई बिना झन्झट रेमिट्यान्स पठाउन सक्नेछन्।
यो सेवा लागू भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशबाट नेट–बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो। नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यो सेवा समावेश भएसँगै नबिल भिसाका कार्डधनीले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड वा खातामा सहज र सुरक्षित रुपमा पैसा प्राप्त गर्न सक्नेछन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना ग्राहकलाई भिसा डाइरेक्ट सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। ‘यो सेवाको सुरुआतसँगै स्वदेशी र विश्वभरबाट सहज र सुरक्षित तरिकाले रेमिट्यान्स प्राप्त गर्न अर्को एउटा च्यानल खोलेको छ’, उनले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19