काठमाण्डौ । विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ। 

यस योजनाका लागि सासमसङले नबिल बैंकसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। जसअनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५जी खरिद गर्दा रु. २ हजार क्यासब्याक प्राप्त गर्नेछन्।

सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी नेपाली बजारमा गत मार्च २९ देखि उपलब्ध गराउन थालिएको हो र उपलब्ध भएदेखि नै तिनमा विद्यमान असाधारण पफर्मेन्स र अद्भुत विशेषताहरुका कारण मोबाइल बजारलाई तताइदिएको छ। यी दुवै मोडलमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रङहरुमा उपलब्ध छन्। जसले ग्राहकलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ। 

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी ग्राहकका लागि अझ बढी सुलभ भएको छ। ग्राहकले उनीहरुसँग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत चुनिएका स्टोरहरु अथवा ब्रान्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी खरिद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन्। 

यो योजना सीमित अवधिका लागिमात्र लागू गरिएको कम्पनीले जनाएको छ।