काठमाण्डौ । नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको खरिदमा सीमित समयका लागि विशेष छुट योजना सुरु भएकोे छ। नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले यी दुई मोबाइलको खरिदमा २ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो।

सामसङले नबिल बैंकसंगको एक सम्झौतापत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो। सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो। यी दुवै मोडलमा आश्चर्यजनक क्यामरा र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रङमा उपलब्ध छन्।

नबिलको कार्डका लागि देशका २५३ शाखामध्ये कुनै पनि शाखाबाट अथवा एनबैंकबाट लिन सकिनेछ। 

यो योजना सीमित अवधिका लागिमात्र लागू गरिएको छ।