काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले यही २०७७ सालको नारी दिवसको अवसर पारेर सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्तालाई लक्षित गरी आफूले लगानी व्यवस्थापन सेवा प्राप्त गरेबापत प्रथम वर्षका लागि लाग्ने बार्षिक शुल्क पूर्ण रुपमा छुट गरेको छ। 

यो योजना मार्च अन्तिमसम्म रहने नबिल इन्भेस्टमेन्टले जनाएको छ। सेयर बजारमा लगानी गर्न इच्छा रहेको तर सेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जोकोही महिला लगानीकर्ताले यो सुविधा प्राप्त गर्न सक्नेछन्। 

विभिन्न व्यवसायमा रहेका व्यवसायीहरु तथा सेयर बजारका बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्तालाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गरी सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ। 

विगतका दिनमा नबिल इन्भेस्टमेन्टबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरेका धेरै उदाहरण हामीसँग छन्। निश्चित वार्षिक शुल्कका साथ शुरु गर्न सकिने यो सेवा अँग्रेजी महिनाको मार्च अन्तिमसम्मका लागि महिला लगानीकर्तालाई पहिलो वर्षका लागि बार्षिक व्यवस्थापन शुल्क वापतको रकम पूर्ण छुट गरिएको छ। 

यससम्बन्धी विस्तृत जानकारीका लागि नबिल इन्भेस्टमेन्टको नक्सालस्थित कार्यालयको फोन नम्बर ४४११६०४ र ४४११७३३ को एक्टेन्सन नम्बर १३९, १४१ मा सम्पर्क गर्न सकिने बताइएको छ। अथवा कम्पनीको ई–मेल info@nabilinvest.com.np मा आफ्नो जिज्ञासा राख्न सक्ने नबिल इन्भेस्टमेन्टले जनाएको छ। 

यो सुविधाबाट नेपालको सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरुले यसको पूर्ण फाइदा लिने नबिल इन्भेस्टमेन्टको विश्वास छ। यसरी नै  लगानीकर्ता र उद्यमीको हितलाई ध्यानमा राखी अन्तर्राष्ट्रि«यस्तरको वित्तीय सेवा तथा  इन्भेस्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङसम्बन्धी सुविधाहरु नबिल इन्भेस्टमेन्टले पछिल्ला दिनहरुमा  सञ्चालनमा ल्याउँदै आएको छ। जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्तालाई जोड्ने र सहज र छिटो बैंक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छानामुनि पूरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन्।