काठमाण्डौ । नबिल बैंकले व्यक्तिगत मुद्दति खातामा अत्यन्त आकर्षक योजना सुरु गरेको छ। 

नेपालीहरूको मेहनतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दति खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउँछ भन्ने बैंकले आशा गरेको छ। तसर्थ बैंकले आफ्नो व्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ। जुन ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दति खाताहरुमा लागू हुने बैंकले जनाएको छ। 

यस ब्याजदरका साथ नबिल बैंकले व्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायानुकूल सेवा प्रदान गर्दैआएको नबिल बैंकका ११९ शाखा,  १८५ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन्। बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा रहेको छ। 

नबिल बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको छ। नबिल बैंक ग्राहकस‘ग एउटा परिवारजस्तै गरी सँगै अघि बढ्नेमा विश्वास गर्दछ।