काठमाण्डौ। नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई लक्षित गरी ‘नबिल इन्भेस्ट स्याटेलाइट पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सञ्चालनमा ल्याएको छ। 

यो सेवा प्राप्त गर्ने लगानीकर्ताले कुनै प्रकारको वार्षिक शुल्क तिर्नुपर्ने छैन। विशेष लगानी व्यवस्थापन सेवाअन्तर्गतको यस सेयर लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनालोजिस्ट एनालिस्ट तथा गहन विश्लेषणका आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानी गरिने यो लगानी व्यवस्थापन सेवामा लगानी गरिएको रकममा फाइदा भएको बखतमामात्र परफरमेन्स फीबापत केही शुल्क लिइने कम्पनीले जनाएको छ। 

यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले कम्तीमा २५ लाखबराबरको नगद रकम वा सोही मूल्यबराबरको शेयरको भ्याल्युएसन मूल्यांकन गराई प्रवेश गर्न सकिने कम्पनीले जनाएको छ। 

विगतका दिनहरुमा यस कम्पनीबाट सञ्चालन गरिएको बिभिन्न स्किमहरुबाट पूर्ण फाइदा लिएका लगानीकर्ता तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताले यो सुविधाबाट पनि पूर्ण फाइदा लिनसक्ने कम्पनीको विश्वास छ। यसरी नै लगानीकर्ता र उद्यमीको हितलाई ध्यानमा राखी अन्तर्राष्ट्रि«यस्तरको वित्तीय सेवा तथा  इन्भेस्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सुविधाहरु नबिल इन्भेस्टले पछिल्ला दिनमा सञ्चालनमा ल्याउँदै आएको छ। जसमा लगानी तथा प्राइभेट इक्विटी परामर्श, बिजनेस क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्तालाई जोड्ने र सहज तथा छिटो बैंक कर्जा उपलब्ध गराउने उपायसहित एकै छानामुनि पूरै सबै आर्थिक तथा वित्तीय समाधान पर्दछन्।