काठमाण्डौ । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले ‘यूस डलर नबिल आई–कार्ड’ ल्याएको छ। 

बैंकमा खाता भएका ग्राहकले उक्त कार्डमार्फत वार्षिक अधिकतम ५०० डलरबराबरको ई–कमर्स साइटहरुमार्फत अनलाइन सपिङ गरी विश्वभर (भारतबाहेक) भुक्तानी गर्न सक्नेछन्। सो कार्ड लिनका लागि ग्राहकको खातासँगै पान कार्ड पनि अनिवार्य हुनेछ। ग्राहकले एकैपटक वा पटक–पटक गरी १ वर्षमा ५०० डलरबराबरको परिवत्र्य विदेशी मुद्राको सटही गर्न सक्नेछन्।   

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकले११९ शाखा, १८५ एटीएम, १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।