काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले संस्थागत परामर्शदाता सेवाअन्तर्गत ‘बिजनेस क्लिनिक’ सेवा सञ्चालनमा ल्याएको छ।
यो सेवा सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि निकै उपयोगी हुने नबिल इन्भेस्टमेन्टले जनाएको छ। बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्यालाई पहिचान गरी समाधान गर्न सुरु गरेको परामर्श सेवा रहेको कम्पनीले जनाएको छ।
ग्राहकले नबिल इन्भेस्टमेन्टका लगानी विशेषज्ञहरुद्वारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनीकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्नसक्ने देखिन्छ। यस सेवाअन्तर्गत इक्विटी परामर्श, लगानी व्यवस्थापनसम्बन्धी परामर्श, कर्जा तथा ऋणसम्बन्धी परामर्श, पुँजी संरचनासम्बन्धी परामर्श, दैनिक कार्य सञ्चालन तथा पुँजी व्यवस्थापनसम्बन्धी वित्तीय परामर्श, व्यापार पुनर्संरचना/पुनर्गठनसम्बन्धी वित्तीय परामर्श, व्यापार/व्यावसाय विस्तारसम्बन्धी परामर्श, व्यापार सुरु गर्नेसम्बन्धी परामर्श, सम्पत्ति व्यवस्थापनसम्बन्धी परामर्श, पोर्टफोलियो संरचना निर्माणसम्बन्धी परामर्श, पोर्टफोलियो फेरबदल/पुनर्संरचनासम्बन्धी परामर्श, सेयर खरिद/बिक्री गर्ने निर्णयसम्बन्धी परामर्श, निश्चित फिर्ती लगानीसम्बन्धी परामर्श, सम्पत्ति/धन व्यवस्थापनसम्बन्धी परामर्श, व्यापार रणनीतिसम्बन्धी परामर्श र बजारीकरण रणनीतिसम्बन्धी परामर्श सेवा लिन सकिने व्यहोरा कम्पनीले जानकारी गराएको छ।
यस्ता सेवा नेपालमा हालसम्म कुनै पनि इन्भेस्टमेन्ट बैंकिङले प्रदान गरेको पाइएको छैन। यो सेवा विस्तार गर्ने नबिल इन्भेस्टमेन्ट बैंकिङ पहिलो संस्था हुन सफल भएको छ। जसले भविष्यमा व्यापार गर्न चाहने व्यापारीहरु वा आफ्नो व्यापारलाई रणनीतिक रुपमा विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि निकै नै सहयोगी÷फलदायीसिद्ध हुने देखिन्छ।
यस्तो सेवा सार्वजनिक बिदाको दिन र शुक्रबारबाहेक प्रत्येक दिनको ३ बजेदेखि दिनको ५ बजेसम्म संचालनमा रहनेछ। एकपटक यो सेवा लिन आउँदा रु. १००० को टिकट काट्नुपर्नेछ। तर चैत्र महिनाको लागि यो शुल्क छुट गरिएको व्यहोरा कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19