काठमाण्डौ । नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशैं धमाका अफर” ल्याएको छ । 

यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिगमार्ट, दराज र किराना जस्ता सपिङ प्ल्याटफर्ममा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् । 

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम रु ३०० सम्म क्यासब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाको दिन लागू हुनेछ । 

त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम रु १५०० सम्म क्यासब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागू हुनेछ । 

दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम रु ५०० रुपैयाँसम्म पाउन सक्नेछन । यस अफरमार्फत नबिल बैंकले आफ्ना ग्राहक वर्गहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजिएको बताएको छ । 

यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहकले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिनसक्ने बैंकले जनाएको छ । 

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।