काठमाण्डौ । नबिल बैंकले गत वर्ष तयार पारेको दसैँ भिडियोको अपार सफलतापश्चात् यो वर्ष पनि ‘नयाँ लुगा’ नामक दसैँको भिडियो सार्वजनिक गरेको छ।
यस नयाँ भिडियो नेपालीको महान चाड दसैँ मनाउन सहरमा बसोबास गर्ने र दसैँ मनाउन गाउँ फर्किनेहरुको कथामा आधारित छ। यो कथा आमनेपालीको आत्मकथा पनि हो।
भिडियोमा एकजना बाबा सहरमा जागिर गर्दछन्। घरबाट छोरीको फोन आउँदछ, दसैँमा नयाँ कपडा ल्याइदिनु भनेर। उनी छोरी एवं श्रीमतीको खुशीका लागि दसैँ किनमेल गरेर गाउँ फर्किन्छन्। फर्किंदा, बाटो बिग्रेर जाममा पर्दछ। तर, परिवारको माया अनि खुसीका लागि उनी रातभरि हिँडेर गाउँ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
घर पुग्दा छोरी, आमा अनि छोरीका साथीसमेत सबैजना खुसी भई दसैँ मनाउने तयारी गर्दछन् र अब जागिर खान सहर जाने होइन, गाउँमा नै केही गर्नुपर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ।
यसैगरी दसैँको यस भिडियोले सकभर दसैँमा आफ्नो परिवारसँग भेटी सुरक्षित साथ खुसी साटासाट गरौँ भन्ने सन्देश सरल ढंगले दिएको छ। जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा बैंकले लिएको छ।
भिडियो हेर्न लिंकहरुमा जानुहोस्–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago