काठमाण्डौ । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ का अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ।
दराजसँगको साझेदरीमा यही कात्तिक २५ गतेदेखि मंसिर ३ गते (११ नोभेम्बरदेखि १९ नोभेम्बर) सम्म नबिल बैंकका ग्राहकले डेबिट कार्डमार्फत १५% छुट वा अधिकतम रु. ३ हजार क्यासब्याक र क्रेडिट कार्डमार्फत १५% छुट वा अधिकतम रु. ३ हजार ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
उक्त अवसर सुरु हुन केही दिनमात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ।
सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८५ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ। बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago