काठमाण्डौ । आफ्ना ग्राहकलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मध्यनजर गरी व्यक्तिगत बचत खाताअन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ सञ्चालन ल्याएको छ।
बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ। ग्राहकले यो खाता शून्य मौज्दातमा खोल्न सक्ने बैंकले जनाएको छ। यस खातामा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित ब्याजदरमध्येको उच्च ब्याजदर प्रदान गर्नेछ।
सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८९ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।
ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ बैंक केन्द्रित रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19