काठमाण्डौ। नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ।
आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ। नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ।
यस सम्झौताअन्तर्गत दराजमार्फत किनमेल गर्ने ग्राहकले अब नबिल स्मार्टपोसभित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरुमार्फत भुक्तानी गर्न सक्षम हुनेछन्। दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोसमार्फत आफ्ना ग्राहकलाई भुक्तानी सुविधा प्रदान गर्नेछ।
त्यस्तै आइमार्कले बैंकलाई ४ हजारभन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ। जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्नेछ।
नबिल बैंकले पोसको क्षेत्रमा यस्तो ठूलो प्राविधिक प्रगतिका लागि दराज र आइमार्कसंँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेको छ। आफ्नो डिजिटल सेवामा नबिल स्मार्टपोस थप गरेसँगै बैंक आफ्ना ग्राहकलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयारसमेत भएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago