काठमाण्डौ । नमस्ते पेले नयाँ तथा विद्यमान दुवै ग्राहकका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ। यो अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको हो।
यस अभियानअन्तर्गत बम्पर अफरका रुपमा दुई भाग्यशाली विजेताले ल्यापटप र स्कुटल जित्ने मौका पाउनेछन्। अफरका लागि योग्य हुन प्रयोगकर्ताले कुनै पनि सेवाको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ।
साप्ताहिक अफरहरु जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १००% क्यासब्याकका लागि योग्य हुन प्रयोगकर्ताले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ।
त्यसैगरी दैनिक अफरहरु जस्तै रु. ५०० वालेट ब्यालेन्स, १जीबी डाटा प्याक र रु. १०० क्यासब्याक विशेषगरी नमस्ते पे का नयाँ प्रयोगकर्ताका लागि हुन्। यस अफरका लागि योग्य हुन प्रयोगकर्ताले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्नेछ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago