काठमाण्डौ । नमस्ते पेमार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने भएका छन् ।

यो अभियान आगामी मंसिर १५ गतेदेखि पुस १४ गतेसम्म चल्ने छ ।नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेटमार्फत् आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्नेछन् ।

नमस्ते पे नगदरहित समाज सृजना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।