काठमाण्डौ । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ। 

विभिन्न कारणवश हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन्। प्रेम गीत ३, छक्का पन्जा ४, चिसो मान्छे, प्रकाश, कृष्णलीला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउजस्ता नयाँ र दर्शकले अत्याधिक रुचाएको चलचित्रहरु डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० वजे प्रदर्शन हुनेछन्। 

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाइमार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ। 

डिशहोमको यो प्रयासले सपरिवार सँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिनेछ। 

यस्तै नेपाली चलचित्रप्रति दर्शकको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ।