काठमाण्डौ । नयाँ वर्ष २०८० लाई स्वागत गर्दै नेपालमा माइडिया उत्पादनको आधिकारिक वितरक चौधरी ग्रुपले आफ्ना ग्राहकका लागि आकर्षक नयाँ योजना ल्याएको छ। 

“नयाँ वर्ष २०८० को बहार, दुबई घुम्ने मौका र पक्का उपहार” योजनाले ग्राहकले माइडियाको चयन गरिएका उत्पादनहरु खरिद गर्दा निश्चित उपहारहरु प्राप्त गर्न सक्नेछन् भने कुनै पनि माइडियाको उत्पादनहरुको खरिद गर्दा लक्की ड्रमार्फत दुबई भ्रमण गर्ने अवसर पाउनेछन्। निश्चित उपहारहरुका लागि ग्राहकले ६ र ७ केजीको वासिङ मेसिन र डबल डोर रेफ्रिजरेटरकोे खरिदमा क्रम्पटन ड्राइ आइरन, ८ र ९ केजीको वासिङ मेसिन र शोकेसको खरिदमा १ लिटर माइडिया राइस कुकर, १० केजी वासिङ मेसिन र (८ केजी/६ केजी) वासर ड्रायरकोे खरिदमा १.८ लिटर माइडिया राइस कुकर प्राप्त गर्न सक्नेछन्। 

त्यस्तै मल्टी डोर रेफ्रिजरेटरको खरिदमा माइडिया इन्डक्सन कुकर र साइड बाइ साइड रेफ्रिजरेटर खरिदमा माइडिया एयर फ्राइर प्राप्त गर्न सक्नेछन्।

यो ग्राहक योजना चैत १७ गतेदेखि नेपालभरि सीमित अवधिका लागि लागू गरिएको छ। 

माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरु, पानीका उपकरणहरु, भुइँसम्बन्धी हेरचाह र लाइटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरु प्रदान गर्दै आएको छ। माइडिया ब्रान्ड माइडिया ग्रुपअन्तर्गतको घरेलु उपकरण व्यवसायभित्रका १० भन्दा बढी ब्रान्डमध्ये एक हो। 

माइडिया ग्रुप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो। जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भयो। माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरुभन्दा बाहिर छ। जसमध्ये एचभीएसी, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आईओटीका साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरुजस्ता व्यापार स्तम्भहरु पनि समावेश गर्दछ। 

माइडिया ग्रुपका सबै व्यवसायहरुको एउटै क्रेडो #Humanizing Technology का लागि प्रयासरत छ। 

नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरु आफ्नो च्यानल र आउटलेटहरुमार्फत देशभर वितरण गर्दै आएको छ।