काठमाण्डौ । सामसङ नेपालले आज अगस्ट ७ आफ्नो ५औँ जेनेरेसनको ग्यालेक्सी फोल्डेबलहरुः ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ। 

प्रयोगकर्ताहरुले स्लिक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्सहरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पनि पाउनेछन्। नयाँ फ्लेक्स हिन्जले सुन्दरताको सन्तुलन र ठोस डिजाइनसँगै फोल्ड गर्न मिल्ने अनुभवलाई सम्भव तुल्याएको छ। यी अतुलनीय फोल्ड गर्न मिल्ने मोबाइलहरुमा असाधारण क्यामरा क्षमताहरु जडित गरिएका छन्। लेटेस्टे प्रोसेसरद्वारा शक्ति प्रदत्त टिकाऊ ब्याट्री र बलियो पर्फरमेन्सका साथ सामसङ ग्यालेक्सी जेड सिरिजले चालु वा बन्द अवस्थामा स्मार्टफोनसंग हुने सम्भावनालाई रुपान्तरण गरेको छ।

नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि  ग्राहकले २०८० साउन २२ गतेदेखि नै यी पाँचौं जेनेरेसनका फोल्डेबलहरुको प्रि(अर्डर गर्न सक्नेछन् र प्रि–अर्डरसँगै प्रि–गिफ्टहरु पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकले यी उपकरणको प्रि–अर्डर सामसङको आधिकारिक  स्टोरहरुमा गई गर्न सक्नेछन्। 

ग्यालेक्सी जेड फ्लिप ५ले सेल्फ एक्सप्रेसनको लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ। ग्यालेक्सी जेड फ्लिप ५ तीन रङमा उपलब्ध छन् (मिन्ट, लाभेण्डर र कालो)। यसको बजार मुल्य ८ं२५६ जीबीको मोडलका लागि रु. १ लाख ३९ हजार ९९९ तोकिएको छ। ग्राहकले प्रि–अर्डरका २ वटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटिइ(३ं३२ जीबी) मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरका लागि रु. ५ हजार र सामसङ ए७ लाइट एलटीईका लागि रु. २ हजार अतिरिक्त व्यहोर्नुपर्नेछ।

विशाल स्क्रिन र धेरै समय चल्ने ब्याट्रीसहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ। साथै, ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ। ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाइट ब्लु रङमा उपलब्ध छन्। ग्यालेक्सी जेड फोल्ड ५,१२ जीबी मेमोरी सहितका २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमता भएका छन्। 

ग्यालेक्सी जेड फोल्ड ५ (१२ं२५६ जीबी) को मूल्य रु.२ लाख २६ हजार ९९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२ं५१२ जीबी) को मूल्य रु. २ लाख ३९ हजार ९९९ कायम गरिएको छ। यसका साथै ग्यालेक्सी जेड फोल्ड ५ (१२ं२५६ जीबी) को प्रि–अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकले रोज्न सक्नेछन् उदाहरणका लागि ग्राहकले फोन कभरसंगै प्रि मेमोरी अपग्रेड गर्न पाउनेछन् वा रु.३ हजार थपेर २४ इन्चको सामसङ मोनिटर वा रु.४० हजार थपेर ४७ एमएमको ग्यालेकसी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन्।

समग्रमा ग्राहकले प्रि–अर्डरमार्फत बढीमा रु. २५ हजारसम्मको लाभ लिन सक्नेछन्। साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्ति गर्न वा किन्नका लागि उनीहरुले इन्स्टा फाइनान्स सुविधाको पनि प्रयोग गर्न सक्नेछन्। न्यूनतम ईएमआई प्रतिमहिना रु. ७ हजारका दरले शून्य प्रतिशत ब्याजमा सुरु हुनेछ। ग्राहकले एक वर्षभित्र एकपटक ब्रेकेज इन्सुरेन्सको साथ एकपटक प्रोटेक्टिभ फिल्म पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकले एक्स्चेन्ज सुविधाको पनि लाभ उठाउन सक्नेछन्।

दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्ने गरी निर्माण गरिएको छ। साथै आईपीएक्स८को समर्थन, अलुमिनियम फ्रेमहरु र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विन्डो र पछाडि कभर दुवैतिर गरिएको छ। उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध छ।