Chamber of Commerce & Industry-Chitwan
काठमाण्डौ । नयाँ सोच भएका नवउद्यमीलाई व्यवसाय गर्न सहयोग गर्ने तथा उद्यमशीलता विकासका कार्यमा संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार, विकास, र ‘स्टार्टअप इकोसिस्टम’ संस्थागत गर्नमा सघाउने उद्धेश्यले चितवनमा प्रथम विजनेस इन्क्युवेशन सेन्टर संचालन हुने भएको छ ।
यस्तो ईन्कुवेसन सेन्टर नेपालमा काठमाण्डौ उपत्यका भन्दा बाहिर पहिलो पटक स्थापना गरिएको हो ।
व्यवसायिक संगठनहरुमा नेपालमा नै यस्तो सेन्टर पहिलो पटक स्थापना गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवन, अन्तरप्रेरणा प्रालि र नेपाल कम्युनिटर तथा प्रेसिडेन्सी कलेजको सहकार्यमा चितवनमा उद्यमशिलताको विकासका लागि इन्कुवेसन सेन्टरको स्थापना उद्योग वाणिज्य संघ, चितवनको सचिवालयमा गरिएको छ ।
यो कार्यक्रम स्थानीय उद्यमशिलता सँग सम्बन्धित स्थानीय संघ संस्था, फेडेरेशन, व्यवसायी तथा शैक्षिक संस्थाको सहकार्यमा गरिने बताइएको छ।
इन्कुवेसन सेन्टरले उद्यमीहरुको सशक्तिकरण र उनीहरुको व्यवसायलाई सहयोग गर्ने कार्य गर्नेछ । सो उद्देश्य प्राप्तिका लागि उद्यमीहरुलाई मेन्टर, लगानीकर्ता र सरोकारवालाहरुसम्म जोड्ने काम गर्दछ । साथै व्यवसायका लागि आवश्यक पर्ने विभिन्न तालिमहरुको समेत आयोजना गर्नेछ ।
यसैबीच, आई क्युव चितवन अन्तर्गत आवेदन आव्हान गरिएकोमा २२ वटा आवेदन प्राप्त भएको बताइएको छ ।
प्राप्त आवेदनहरुलाई विभिन्न चरणको अन्तरवार्ता र छनौट प्रकृयाबाट ११ वटा फर्महरुलाई ६ महिनाको ईन्कुवेसन प्रकृयामा लग्ने समेत घोषणा गरिएको छ ।
यो अवधिभर छानिएका ११ फर्महरुको व्यवसायिक बिकास, बजार बिस्तार, कानूनी तथा राजश्व परामर्श, व्यवसायिक सूचना, व्यवसायिक संजाल बृद्धि, लगानी व्यवस्थापन, लगायतका अत्यावश्यक पर्ने तालिम तथा ज्ञान प्रदान उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिएका छन् ।
उनका अनुसार यस कार्यक्रम अन्तर्गत छानिएका चितवन जिल्लामा स्थापना भएका तपशिल बमोजिमका फर्महरु ईन्कुवेसन प्रकृयामा गएका छन् ।
तपशिलः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago