काठमाण्डौ । वर्षाैंदेखि आफ्नो उत्पादन बिक्री गरेर उपभोक्ताको मन जित्न सफल रन सुज इन्डस्ट्रिज प्रालिले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ। 

स्पोर्टसमा १५ नयाँ मोडलका पार्टी र क्याजुयल गरी २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ। स्पोर्टस् सुजमा युवालगायत सबै उमेर समूहसम्मका डिजाइनहरु रहेका छन्। 

स्वदेशमै उत्पादित जुत्ता चप्पलहरुको प्रयोगले हाल उत्पन्न भएको तरलता अभाव तथा स्वदेशी आत्मनिर्भरतामा समेत सहयोग पुग्ने र आम देशबासी ग्राहकहरुले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पुर्याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताए। 

रनका नयाँ मोडलका जुत्ताहरुमा उच्च गुणस्तरीय कच्चा पदार्थहरुको प्रयोग गरी बनाइएको, लचिलो सोलका साथै चार एमएमको लचकदार इनसोलको प्रयोग गरी निकै आरामदायी हुनुका साथै सर्वसुलभ मुल्य रहेकोे कम्पनीले जनाएको छ। रनका जुत्ताहरुमा ग्राहकले ६ महिनाको वारेन्टीसमेत पाउने गरेका छन्। 

रन सुजको उपत्यकाबाहिर पोखरा, बुटवल, विराटनगर, बागलुङ, नेपालगन्ज, अत्तरिया, धनगढीलगायत स्थानमा र उपत्यकाभित्र पाँच वटा आधिकारिक शोरुमसहित ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ र चाँडै निर्यातको तयारीमा कम्पनी लागेको छ।

उद्योगले हाल ६०० भन्दा धेरै मोडलका पार्टी सुज, स्पोर्टस सुज, क्याजुअल सुज, लोफर, स्कुल–कलेज सुज तथा लेडिज र जेन्स चप्पल उत्पादन गरिरहेको छ।