काठमणडौ । विश्वभरका २०० बढी मुलुकबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ वर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव ‘रेमिटोत्सव’ सार्वजनिक गरेको छ।

यो योजना वैशाख १ गतेदेखि सुरु भई साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ। रेमिटोत्सवमा दैनिक १ जनाले ५ हजार रुपैयाँ तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५० हजार रुपैयाँको उपहार प्राप्त गर्नेछन्। यस योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागू हुनेछ। जसअन्तर्गत विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरि आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन्। 

यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेका लागि लागू हुनेछ। त्यस्तै, विजेता स्वयं उपस्थित हुन नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनित व्यक्तिले उपहार दाबी गर्न सकिनेछ।

दैनिक विजेता हरेक हप्ताको अन्त्यमा इसेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने इसेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटीमार्फत समेत सार्वजनिक गरिनेछ।

रेमिटोत्सव योजनाबारे इसेवा मनी ट्रान्सफरका जनरल म्यानेजर सागर खनालले भने, ‘इसेवा मनी ट्रान्सफरले नयाँ वर्षको अवसर पारी देश तथा विदेशमा रहेका नेपालीबीच खुसी साटासाट गर्न रेमिटोत्सव लिएर आएको हो। यस योजनामार्फत हामीले घट्दो क्रममा रहेको वैदेशिक मुद्राको भर्पाइ गर्न वैधानिक रुपमा रेमिट्यान्स भित्र्याउँदै समग्र रेमिट्यान्स क्षेत्रमा टेवा पुर्याउने र यस माध्यमबाट देशको आर्थिक अवस्थालाई समेत सुधार उन्मुख बनाउन मद्दत पुर्याउने लक्ष्य लिएका छौँ।’

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १८ हजारभन्दा बढी एजेन्ट तथा नेटवर्कमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।