काठमाण्डौ। नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ। 

यो योजना यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म जम्मा ३१ दिनका लागि कायम रहनेछ। यो योजना आइएमई ग्रुपको काठमाण्डौ पानीपोखरीस्थित केन्द्रीय कार्यालयको एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो।  

कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्दै आएको अनुभव रहेकाले यस्ता योजना विगतमा जस्तै आमसेवाग्राहीको उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे। 

एकमहिने योजनाअन्तर्गत विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरि छरिएका एजेन्ट तथा सबएजेन्ट आउटलेटमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी यो योजना अवधिभरि जम्मा ६० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति रु. २ हजार ७९ र बम्परमा १ भाग्यशाली विजेतालाई रु. २ लाख ७ हजार ९०० प्रदान गरिनेछ। यो योजनामा सहभागी हुने सेवाग्राहीमध्ये कुल ६१ जना विजेता लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ। 

यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरु, वेब साइट एवं सञ्चारका माध्यममार्फत सार्वजनिक गरिनेछ। योजना अवधिका लागि निर्धारित सेवा वा सर्तहरु लागू गरिनेछ।