काठमाण्डौ । नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ।
नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साका रुपमा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ। जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायाँकन गरिएको छ। गर्मीले थकित अनमोल केसी घर फर्किएसँगै विज्ञापन सुरु हुन्छ। घर पुग्नेबित्तिकै उनी भान्साकोठामा जान्छन् र चिसो स्प्राइटको चुस्की लिँदै तुरुन्तै रिफ्रेस हुन्छन्।
युवापुस्ताका लागि लक्षित यो विज्ञापनले ‘स्प्राइटसँग रिफ्रेस्मेन्ट’ भन्ने सन्देश दिँदै दर्शकलाई स्प्राइट पिउन उत्प्रेरित गर्छ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोलामा हामी उपभोक्ताको माग र रोजाइअनुसारको स्वाद प्रदान गर्न सधैँ प्रयासरत छौँ। स्प्राइटले पहिलेदेखि नै उपभोक्ताको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कागतीको रिफ्रेसिङ स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौँ। हामीलाई विश्वास छ कि नेपाली उपभोक्ताहरूले नयाँ स्वादको नयाँ स्प्राइट लेमन मन पराइदिनुहुनेछ।’
स्प्राइट नेपालले आफ्ना पारखीहरुका लागि थुप्रै सरप्राइजहरु पनि तयार पारेको छ। क्याम्पेनसम्बन्धी सबै पछिल्ला जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @spritenepal लाइक र फलो गर्नुहोला।
नयाँ स्प्राइट उपभोक्ताको मागअनुसार विभिन्न साइज र बोतलहरुमा उपलब्ध छ। ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरुमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साइजमा बजारमा उपलब्ध छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19