काठमाण्डौ। विश्वव्यापी रुपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्राण्ड टुबोर्ग बीचको नयाँ सहकार्य अन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारहरुलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ।
यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौँ वर्ष मनाउँदैछ। टुबोर्ग ओपनले संगीतको शक्ति प्रयोग गरी विश्वभरका कलाकार र दर्शकहरुका लागी अदितीय अनुभवहरु सिर्जना गर्दै आइरहेको छ।
नयाँ कलाकारहरुका लागि उक्त सुवर्ण अवसर लस एन्जलसमा भएको थियो, जहाँ हस्ताक्षर नगरिएका कलाकारहरुले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रुपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयहरुमा छलफल गरे। त्यसपछि प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलहरु मध्ये एक, द विल्टर्न थिएटरमा जेसन डेरुलोको सामु प्रस्तुति दिने मौका पाए।
उक्त अभियानमा आफ्नो सहकार्यबारे बोल्दै डेरुलोले भने, ‘संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन, त्यसैले यदि तपाइँ एक संगीतकार बन्न चाहनुहु्न्छ भने, तपाइँ लगभग आफ्नै भरमा हुनुहुन्छ। तर यी अनुभवहरुबाट गुज्रिएको कोही तपाईको साथमा हुनाले ठूलो फरक पार्न सक्छ। यो अभियानको बारेमा मलाई मनपर्ने कुरा यही नै हो। मलाई लाग्छ कि यदि मैले त्यस्तो प्रकारको मार्गदर्शन पाएको भए मैले धेरै कम ठक्कर खाने थिए, त्यसैले म यी प्रतिभाशाली कलाकारहरुको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु।’
टुबोर्ग ओपन प्रोजेक्टमा VEK नेपाल, Dee MC भारत, Shokhrullo Abdullaev उज्वेकिस्तान, Halko टर्की, Iva Lorens सर्बिया र Stoposto बोस्नियाका उदीयमान कलाकारहरु सहभागी छन्। यी कलाकारहरले आउँदो महिनाहरुमा टुबोर्ग मार्फत सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकहरुको उत्पादन र विकास गर्ने छन्।
टुबोर्ग ओपनको आफ्नो अनुभव बारेमा कुरा गर्दै, VEK (नेपाल) ले भने, ‘संगीतका बारेमा मात्र होइन, मेरो संगीतको बारेमा कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो। उनले गीत लेखन र मेरो प्रदर्शनको बारेमा सल्लाह दिए र त्यो म नेपाल फर्किएपछि मेरो प्रक्रियामा लागू गर्नेछु।’
२०१७ को सुरुआतदेखि टुबोर्ग ओपनले द चेनस्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मो जस्ता विश्वव्यापी कलाकारहरुसँग सहकार्य गरि संसारभरिका दर्शकहरुलाई जोड्ने हिटहरु निर्माण गरेको छ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, ‘निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ। टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागि सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ। टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौँ। हामी यस वर्षका लागी जेसन डेरुलो र भेकसँग सहकार्यको लागी निकै उत्साहित छौँ र दर्शकहरुले पनि उक्त सहकार्यको नतिजा मन पराउनुहुने कुरामा धेरै सकारात्मक छौँ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19