ncell main logo
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउनेछन् ।
एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कल आयो बोनस पायो’ अफर ल्याएको छ, जसअन्तर्गत एनसेल ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्र्तराष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् ।
नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ल्याइएको यो योजना यही बैशाख १ गते (शुक्रबार)देखि लागूू हुनेछ । यस योजनाअन्र्तगत ग्राहकले विदेशबाट आफ्ना आफन्तजन , साथीभाई र प्रियजनहरुले गरेको कल उठाई दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् । अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरेको दुई मिनेट पूूरा भएपछि ग्राहकले स्वतः दुई मिनेटको बोनस टक टाइम पाउनेछन् । फोनमा जति मिनेट कुरा भए पनि ग्राहकले बोनस टक टाइम एक पल्ट मात्र कुरा गरेको दुई मिनेट पूूरा भए पश्चात पाउनेछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । उक्त बोनसबाट ग्राहकले एनसेलको नेटवर्क भित्र कुरा गर्न सक्नेछन् ।
“हाम्रा आदरणीय ग्राहकलाई नयाँ वर्ष २०७४ को शुभकामना स्वरुप यो ‘कल आयो बोनस पायो’ योजना ल्याइएको हो । ग्राहकले विदेशमा रहेका आफ्ना प्रियजनबाट आएको फोन उठाएर बोनस टक टाइम प्राप्त गर्दै एनसेल नेटवर्कमा रहेका अन्य आफन्तजन तथा साथीभाइसँग थप सम्पर्कमा रहन सक्नेछन्,” एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने ।
एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी प्राप्त निर्देशन अनुसार यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्नेछन् । त्यसैगरी, ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो योजनामा सामेल हुन सक्छन् । यो योजना तीन महिनाको लागि मान्य हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago