काठमाण्डौ । ६५ वर्षको लामो इतिहास बोकेको इन्डियाको नम्बर १ रेफ्रिजिरेटर ब्रान्ड गोडरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘क्यास ब्याक’ योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले यो योजनाको लाभ चैत १७ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्यभरि उठाउन सकिने कम्पनीले जनाएको छ। 

ग्राहकले हरेक गोडरेजको सामानको खरिदमा २६% सम्मको अधिकतम छुट पाउन सकिने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। गोडरेजका सामानहरुमा १० वर्षको कम्प्रेसर वारेन्टी र मोटर वारेन्टी रहेको छ।

नेपालभर गोडरेज ब्रान्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। 

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, कीर्तिपुर, रविभवन, हातीगौँडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाण्डौबाहिर पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन्।