काठमाण्डौ । सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज ५ जी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ। 

रियलमी ११ प्रो सिरिज ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुचि राख्नेहरुका लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ। नयाँँ रियलमी ११ प्रो ५जी को क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ। प्रसिद्ध ब्रान्ड गुच्चीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जीको डिजाइन गरिएको हो।

उत्कृष्ट लिची लेदर ब्याक र सुन्दर लेसले वरिपरी घेरिएको यसको क्यामराले आखाँलाई लोभ्याउँछ। फेसनका लागि प्रसिद्ध मिलानको शैलीबाट प्रेरित यो डिजाइनले प्राचिन वास्तुकलामा सूर्यको किरण पर्दा आउने सुनौलो चमकलाई प्रतिनिधित्व गर्दछ। यसका डिजाइनर म्याट्टिओ मेनोट्टो गुच्चीका उत्कृष्ट प्रिन्टहरुका लागि चिनिन्छन्। उनले भने, ‘मेरो हृदयमा मिलानको विशेष स्थान रहेको छ र यो ठाउँले मलाई अनन्त प्रेरणा प्रदान गरेको छ। रियलमी ११ प्रो ५जीको डिजाइनमा मैले मिलानको सौन्दर्य र कालजयी आकर्षणलाई कैद गर्न खोजेको थिएँ। यसको लेस–जस्तो स्ट्रिपले मिलानी फेसनको मिहिनतालाई प्रतिनिधित्व गर्दछ भने लिची लेदरको ब्याकले विलासिता र परिष्कारको झलक दिन्छ।’

१०० एमपिको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोक चार्जरको साथ रियलमी ११ प्रो ५जी एक अलराउन्डरको रूपमा आएको छ। २० हजार लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले पनि रहेको छ। त्यस्तै यसमा भएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दा उच्च डिमिङ फ्रिक्वेन्सी हो।

रियलमी ११ प्रो ५जीको प्रिमियम डिस्प्ले सेटअप रियलमी ११ प्रो+ ५जीको जस्तै छ। यसको १२० हर्जको कभ्र्ड भिजन डिस्प्लेमा विश्वकै पहिलो २१६० हर्जको पल्स विड्थ मोड्युलेसन डिमिङ रहेको छ। साथै यसमा २०,००० लेभलको अटोम्याटिक ब्राईट्नेस एडजस्ट्मेण्ट, सनलाइट स्क्रिन र टियुभि रेनल्यान्ड जस्ता फिचरहरु रहेका छन्। यी फिचरहरुले प्रयोगकर्तालाई चलाउँदा सहज हुनुको साथै आँखामा पनि आराम दिन्छन्, जसले गर्दा यो फोनले दुईवटा विशिष्ट आई प्रोटेक्सन पुरस्कारहरु पनि पाएको छ।

दमदार प्रदर्शन, कम पावर खपत, र पर्याप्त स्टोरेजले रियलमी ११ प्रो ५ जीलाई एक वास्तविक फ्ल्यागशिप स्मार्टफोन बनाएको छ। यसमा डाइमेन्सिटी ७०५० ५जी प्रोसेसर, १२ जीबी ¥याम, र २५६ जीबीको  इन्टर्नल स्टोरेज रहेको छ। ६७ वाट् सुपरभोक चार्ज, ५००० एमएएच ब्याट्री, रियलमी युआई ४.०, र डल्बी पानोरामा डुअल स्पिकरहरुले फोनको युजर एक्स्पिरिएन्स अझै निखारेका छन्। 

रियलमी ११ प्रो ५ जी सनराइज बेज, ओएसिस ग्रीन, र एस्ट्रल ब्ल्याक जस्ता आकर्षक तीन रंगहरुमा उपलब्ध छ। १०० एमपी डिरेक्ट आउटपुट, २ एक्स् लसलेस जुम, अटो–जुम मोड, सुपर नाइटस्केप मोड, र स्ट्रीट फोटोग्राफी मोड ४.० जस्ता फिचरहरुले रियलमी ११ प्रो लाई झनै उत्कृष्ट बनाएका छन्।