काठमाण्डौ । सन् १९९४ मा स्थापित विश्वप्रसिद्ध ह्विस्की ब्रान्ड सिग्नेचरका दुई ह्विस्की सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन्।
सिग्नेचर कम्पनीका अन्य अरु पेयहरु नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा विगतका कैयौँ वर्षदेखि बिक्री हुँदै आएका छन् र प्रयोगकर्ताका मनमा बस्न सफल भएका छन्। सिग्नेचर पेयलाई नेपाली बजारमा उपलब्ध गराउने नेपाल लिकर्सले यसपटक भने नयाँ प्याकेजिङ, बोटलिङ र स्वादका साथ दुई ह्विस्कीलाई बजारमा भित्र्याएको हो।
नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। जसमध्ये एन्टिक्युटी ब्लू ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, रोयल च्यालेन्ज ह्विस्की, स्मिरनफ भोड्का, ब्लुरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी ह्विस्की आदि पर्दछन्।
केही समयअघि नेपाल लिकर्सले बजारमा ल्याएको स्मिरनफ भोड्का पनि नेपाली बजारमा उत्तिकै लोकप्रिय बन्दै गएको छ। योपटक भने संसारकै परिचित ब्रान्ड सिग्नेचरका दुई उत्पादनलाई नयाँ प्याकेजिङका साथ नेपाली बजारमा भित्र्याएको हो।
हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की, बजारमा एक लिटर, ७५०, ३७५ र १८० एमएलका प्याकहरुमा उपलब्ध छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago