काठमाण्डौ । नेपालको स्थापित र अग्रणी ब्रान्ड खुकुरी रमले आफ्नो प्याकेजिङ(प्याक) परिवर्तनको निर्णय गरेको छ। 

स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको हो। यो निर्णयअनुसार चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारीसमेत तीव्रगतिमा अगाडि बढेको छ। 

रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाइएको छ। प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन गरिने छैन। 

नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउँदैछ। 

बीस वर्षदेखि ग्राहकको हृदयमा रहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन्। तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहने भएकाले बीसौँ वर्षदेखि ग्राहकको हृदयमा राज गरेको खुकुरी रमको पुरानो प्याक सम्झनाका लागि ग्राहकले राख्न सक्नेछन्। 

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो। खुकुरी रमको वर्षौंदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिष्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले व्यक्त गरे। 

तयार भई बजारमा आउने लागेको सो नयाँ प्याकेजिङको विषयमा बोल्दै महाप्रबन्धक लामिछानेले भने, ‘हामीले स्थानीयदेखि विश्व बजारसम्मका हाम्रा अमूल्य ग्राहकहरुको सुविधा तथा चाहनालाई ध्यानमा राखेर खुकुरी रमको नयाँ प्याक डिजाइन गरेका हौँ। नयाँ प्याकमा समेत हामीले खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखेका छौँ। यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिएका छौँ। बरु त्यो अनुभव अझ विशेष बनोस् भन्ने हाम्रो चाहना हो।’ 

कोभिड १९ संक्रमणको जोखिम कायमै रहेका कारण खुकुरी रमको नयाँ प्याकको अनलाइन लन्चिङ हुनेछ। ‘नयाँ प्याकको स्वरुप र गुणस्तरीयताको विषयमा उत्सुक भएर व्यग्रताका साथ प्रतीक्षा गरिरहनुभएका हाम्रा तमाम ग्राहकहरुलाई लञ्चिङ हुने दिन र अन्य विस्तृत जानकारी हामी केही दिनपछि सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँछौँ’, लामिछानेले भने। 

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो। यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ। 

नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो। स्थापनाकालदेखि नै खुकुरी रमले ग्राहकको मनमा एकछत्र राज गरिरहेको छ।